टोटनहम युरोपा लिगको क्वाटरफाइनलमा

२०८१, ३० फाल्गुन शुक्रबार ०९:२३

टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ ।

विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो ।

प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता नै एकमात्र सफलता प्राप्त गर्ने अवसर थियो ।

डोमिनिक सोलांकेले पास दिएको बलमा ओडोबर्टले २६औं मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको सुरुवातमै टोटेनहमले अग्रता दोब्बर बनायो । जेम्स म्याडिसनले सन ह्युङ-मिनसँग वान टु वान पास खेल्दै ४८ औं मिनेटमा गोल गरे ।

तर, टोटनहमले एजे अल्कमारलाई बराबरी फर्काउने अवसर दियो । जब ओडोबर्ट र लुकास बेरगभालबीचको समन्वय अभावको फाइदा उठाउँदै ६३औं मिनेटमा पिएर कूपमेनर्सले बललाई पोस्टभित्र पठाए ।

ओडोबर्टले आफ्नो गल्ती सुधार गर्दै ७४औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जिताए । घरेलु टोलीको हाफबाट सुरु भएको उत्कृष्ट टिम मुभलाई उनले नजिकबाट गोल गर्दै समाप्त गरे ।

एजे अल्कमारले खेल बराबरी गर्ने ठूलो अवसर पाएको थियो । जब ट्रोय पारटको प्रहार गुग्लिएल्मो भिकारियोले बचाए र मीज डि विटको रिबाउन्डलाई यवेस बिसोउमाले गोललाइनबाट क्लियर गरे ।

टोटनहमले क्वाटरफाइनलमा आइन्त्राख्ट फ्रान्कफर्टसँग प्रतिस्पर्धा गर्नेछ । फ्रायन्फर्टले आयाक्सलाई ४-१ ले हरायो र समग्रमा ६-२ को अग्रतामा अन्तिम आठमा पुगेको छ ।

त्यस्तै, लियोन एफसीएसबीलाई ४-० हराएर समग्रमा ७-१ को फराकिलो अग्रतासहित क्वाटरफाइनलमा पुग्यो । फेनाबासेसँग रेन्जर्स २-० ले पराजित भएपछि समग्रमा ३-३ को बराबरी भयो । पेनाल्टीमा ३-२ ले विजयी हुँदै रेन्जर्स अगाडि बढ्यो ।

एथलेटिक क्लब एएस रोमालाई ३-१ ले हराएर समग्रमा ४-३ को अग्रतामा क्वाटरफाइनलमा पुग्यो । ओलम्पियाकाजेसँग २- १ ले पराजित भएपनि बोडोए समग्रमा ४-२ ले क्वाटरफाइनलमा पुग्यो ।

लाजियोले भिक्टोरिया प्लाजेनसँग १-१ को बराबरी खेल्यो र समग्रमा ३-२ को अग्रतामा अघि लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *