इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार विहान भएको खेलमा काभेलियर फुटबल क्लबलाई २-० ले हराउँदै समग्रमा ४-० को अग्रतासहित मियामी च्याम्पियन्स कपको अन्तिम आठमा प्रवेश गरेको हो ।

यसअघि पहिलो लेगमा मियामीले काभेलियरलाई २-० ले पराजित गरेको थियो । नेसनल रंगशालामा पाहुना टोली मियामीलाई जित दिलाउन लुइस स्वारेज र लियोनल मेसीले गोल गरे ।

खेलको ३७औं मिनेटमा लुइस सुआरेजको गोलमार्फत मियामीले सुरुआती अग्रता लिएको थियो । उनले पेनाल्टीमा गोल गरेका हुन् ।

दोस्रो हाफको इन्जुरी समयमा कप्तान लियोनल मेस्सीले अर्को गोल थप्दै टोलीको सहज जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *