दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।

मंगलबार भएको ‘ड्र’ अनुसार समूह ‘बी’ मा यी दुईसँगै श्रीलंका पनि छ । समूह ‘ए’ मा माल्दिभ्ससँगै भुटान र साबिक विजेता बंगलादेश छन् ।

भारतको अरुणाञ्चल प्रदेशमा मे ८-१७ सम्म प्रतियोगिता हुने तय छ । यसपल्ट भने पाकिस्तानले प्रतियोगितामा सहभागिता जनाउने छैन । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु-२० को नाममा प्रतियोगिता भएको थियो । फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियोे ।

हालसम्म नेपालले दुई पटक यो प्रतियोगिता जितेको छ । नेपाल सन् २०१५ र २०१७ मा च्याम्पिय बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *