सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र श्री टुसाल युथ क्लबले बराबरी खेलेका छन् ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा टुसाल र मध्यपुरले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

४१औं मिनेटमा सन्तोष गोङ्बाले गोल गर्दै मध्यपुरलाई खेलको पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए ।

तर, ६६औं मिनेटमा विनोद नेम्वाङले टुसाल क्लबको तर्फबाट गोल फर्काएपछि खेल १-१ को बराबरीमा सकिएको हो ।

आज हुने दोस्रो खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लबको सहभागिता रहेको लिग समाप्तीमा शीर्ष २ क्लब ए-डिभिजनमा बढुवा हुनेछन् । अंक तालिकाको पुछारमा २ क्लब सी- डिभिजनमा घटुवा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *