वीरगञ्ज युनाइटेड क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेल वीरगञ्जले श्रीकुमारी क्लबलाई २–० ले पराजित गरेको हो ।

वीरगञ्जलाई जित दिलाउन विपिन तुमसिंह मगर र कृपाकान्त महतोले गोल गरे ।

खेलको १२औं मिनेटमै विपिनको गोलमा वीरगञ्जलाई सुरुआती अग्रता दिलाए । त्यसपछि वीरगञ्जले केही अवसर बुने पनि गोलमा परिणत गर्न सकेको थिएन ।

निर्धारित समय सकिन केही सेकेन्डअघि कृपाकान्तले गोल गर्दै २–० को सहज जित दिलाए ।

जितसँगै वीरगञ्जले दुई खेलबाट ४ अंक जोडेको छ । श्री कुमारीको यो लगातार दोस्रो हार हो । उसले अंकको खाता खोल्न सकेको छैन ।

आजै भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले च्यासल युथ क्लबलाई ४-० ले पराजित गरेको थियो ।

भोलि ब्रिगेड ब्वाइज र श्री भगवती क्लब तथा झापा फुटबल क्लब र मध्यपुर युथ एसोसिएसनबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *