विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।

सोमबार विराटनगरस्थित जुट मिल खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब सेमिफाइलनमा पुगेको हो ।

पेमाको जितमा हरी खवास र अनिल परियारले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ४९औं मिनेटमा अनिल परियाको पासमा हरीले गोल गर्दै पेमालाई अग्रता दिलाएका थिए ।

६८औं मिनेटमा अलिलले टोलीको अग्रता दोब्बर पारे । डिबक्स भित्रबाट गरेको कडा प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईलाई लागेर फर्कियो । रिबाउन्ड भएर फर्किएको बललाई अनिले पोस्टको दिशा दिएका थिए ।

त्यसपछी थप गोल हुन नसक्दा घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब २-० ले विजयी भयो । खेलको अफ म्याच पेमाका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबारको तेस्रो क्वाटरफाइनल खेल भारत बिहारको बाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहने छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कार जनही तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *