सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले लगातार दोस्रो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा प्लानिङले च्यासल युथ क्लबलाई ४–० ले पराजित गरेको हो ।
प्लानिङको जितमा फागुराम थारुले दुई तथा सुजन डंगोल र अभिनाश थापाले समान एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५५औं मिनेटमा सुजले गोल गर्दै प्यानिङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट पछि फागुले टोलीको अग्रता दोब्बर पारे ।
७७औं मिनेटमा अभिनाशले प्लानिङका लागि तेस्रो गोल गरे ।फागुले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङलाई ४-० को सहज जित दिलाए ।
जितसँगै दुई खेलमा स्पष्ट ६ अंक जोडेको प्लानिङ ब्वाइज अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि आफ्नो पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले हराएको थियो ।
आफ्नो पहिलो खेलमा वीरगंज युनाइटेडविरुद्ध गोलरहित बराबरी खेलेको च्यासल लगातार दोस्रो खेलमा गोल गर्न असफल रह्यो ।
