इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई २-० ले हरायो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलेस्टरले गोल गरे ।

खेलको ११औं मिनेटमा स्जोबोसजलाईको गोलमार्फत लिभरपुले अग्रता लिएको थियो । ६३औं मिनेटमा म्याक एलेस्टरले गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानको लिभरपुलको २८ खेलमा ६७ अंक भएको छ । पराजित न्युक्यासल २७ खेलबाट ४४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

यस्तौ गएराति नै सम्पन्न अर्को खेलमा आर्सनल भने नटिङ्घहम फरेस्टसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बराबरीपछि आर्सनल शीर्ष स्थानमा रहेको लिभरपुलसँग १३ अंकले पछाडी परेको छ । आर्सनल २७ खेलमा ५४ अंंक जोडेर दोस्रो स्थानमा छ । नटिङ्घहम समान खेलबाट ४८ अंंकका साथ तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *