गोन्सालो रामोसले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनलाई ७-० ले पराजित गरेको छ ।

जितसँगै पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गर्दा जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेले समान एक गोल गरे ।

खेलको १६औं मिनेटमा नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ३७औं मिनेटमा रामोसले टोलीको अग्रता दोब्बर बनाए ।

रामोसले ४९औं मिनेट पेनाल्टीमार्फत व्यक्गित दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ५५औं मिनेटमा डुएले गोल गर्दा पिएसजीको अग्रता ४-० मा पुग्यो ।

रामोसले ५८औं मिनेटमा ह्याट्रिक पूरा गरे । आठ मिनेटपछि मयुलुले टोलीका लागि छैटौं गोल गरे । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा डेम्बेलेले गोल गर्दै पिएसजीलाई ७-० को सानदार जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *