टाइब्रेकरमा युभेन्टसलाई पराजित गर्दै इम्पोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनल खेलमा युभेन्टसलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै इम्पोली सेमिफाइनलमा प्रवेश गरेको हो ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा इम्पोलीका लागि लियाम हेन्डरसन, क्रिस्टियन कौआमे, लिबेराटो काकेस र लुका मारियानुचीले गोल गरे ।
यता युभेन्टसका लागि रान्डल कोलो मुआनी र म्यानुअल लोकटेल्लीले गोल गरे । डुसान भ्लाहोभिच र केनान यिल्डिज भने चुके ।
यसअघि खेलको २४औं युसेफ मलेहले गोल गर्दै इम्पोलीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा खेफ्रेन थुरमले युभेन्टसका लागि बराबरी गोल फर्काएका थिए ।
अब सेमिफाइनलमा इम्पोलीले बोलोग्नाको सामना गर्नेछ ।
