इङ्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोन स्टोन्स पनि घाइते भएका छन् ।
युईएफए च्याम्पियन्स लिगको प्ले अफको दोस्रो लेगमा रियल मड्रिडविरुद्ध खेल्दा स्टोनको घुँडामा चोट लागेको थियो ।
चोटका कारण उनले आठौं मिनेटमै मैदान छाड्नु परेको थियो । उनको स्थानमा नाथान आके मैदान प्रवेश गरेका थिए ।
सिटीले यसअघि नै आफ्नो स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई गुमाइसकेको थियो । शनिबार प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध खेल्दा हालान्डको घुँडामा चोट लागेको थियो ।
दोस्रो लेग ३-१ ले गुमाएको सिटी समग्रमा ६-३ ले पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरियो ।
