रियल मड्रिडका मिडफिल्डर जुड बेलिङ्घमलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।
गत शनिबार ला लिगाका दौरान रेफ्री जोसे लुइस मुनुएरा मोन्तेरोमाथि अपशब्द प्रयोग गरेपछि बेलिङ्घमलाई रातो कार्ड देखाइएको थियो ।
ओसासुनाविरुद्ध खेलको ३९औं मिनेटमा बेलिङ्घमले रातो कार्डको पाएका थिए । उक्त खेलमा रियाल १-१ को बराबरीमा रोकिएको थियो ।
बेलिङ्घमको प्रतिबन्ध ला लिगाका खेलमा मात्र हुनेछ । उनले जिरोना र रियल बेटिसविरुद्धको ला लिगा खेल गुमाउने भएका छन् । तर रियलले यो निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।
