वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा वडा नम्बर १ र वडा नम्बर ५ विजयी भएका छन् ।

पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर १० लाई ३-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्यो ।

जितसँगै वडा नम्बर १ ले तीन खेलमा ६ अंक जोडेको छ भने लगातार दुई खेलमा पराजित वडा नम्बर १० अंकविहीन छ ।

खेलमा एक गोल गरेका वडा नम्बर १ का छेङ्बिहाङ राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

त्यस्तै, शुक्रबार भएको दोस्रो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ६ लाई ३-० को अन्तरले पराजित गर्दै प्रतियोगितमा लगातार तेस्रो जित निकाल्यो ।

जितसँगै वडा नम्बर ५ तीन खेलबाट शतप्रतिशत जितका साथ ९ अंंक जोड्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दुई खेलमा पराजित वडा नम्बर ६ अंकविहीन छ ।

खेलमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका वडा नम्बर ५ का अर्जुन कुँवर म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

लिग फर्म्याटमा जारी प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेल वडा नम्बर २ र वडा नम्बर ४ तथा दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ७ बीच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *