संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २- १ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरे । नवयुगले खेलको सातौं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
खेलको ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र आर्मीले फाइनलमा स्थान पक्का गर्यो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल फागुन १९ गते हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
