वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो खेलमा वडा नम्बर ५ विजयी भएको छ ।
वडा नम्बर १० लाई १-० गोलअन्तरले पराजित गर्दै वडा नम्बर ५ ले प्रतियोगितामा लगातार दुई जित दर्ता गरेको हो । जितसँगै वडा नम्बर ५ ले ६ अंक जोडेको छ ।
खेलमा निर्णायक गोल गरेका वडा नम्बर ५ का अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै बुधवार नै भएको दोस्रो खेलमा वडा नम्बर ४ बिजयी भएको छ । वडा नम्बर ४ ले वडा नम्बर ११ लाई १-० गोलले पराजित गरेको हो । जितसँगै वडा नम्बर ४ ले तीन अंक जोडेको । लगातार २ खेलमा पराजित भएको वडा नम्बर ११ लिग चरणबाट बाहिरिएको छ ।
खेलमा निर्णायक गोल गरेका वडा नम्बर ४ का दिपक तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरे ।
लिग फर्म्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत बिहिबार पहिलो खेल वडा नम्बर ७ र वडा नम्बर ९ तथा दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ८ का बिच हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।
