अल-नासरले साउदी प्रो लिगमा सहज जित दर्ता गरेको छ ।अल-नासरले शुक्रवार अल-फेहामाथि ३-० को जित निकालेको हो ।

घरेलु मैदानमा अल-नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे ।

खेलको २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाएका थिए । ७२औं मिनेटमा डुरानले टोलीको अग्रता दोब्बर पारे ।

त्यसको २ मिनेटपछि नै रोनाल्डोले गोल गर्दा अल-नासर ३-० ले बिजयी भयो ।

जितसँगै अल नासरले १९ खेलमा ४१ अंकका साथ तेस्रो स्थानमा छ । अल–नासर शीर्ष स्थानको अल– इत्तिहादभन्दा आठ र दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंकले पछि छ । 

पराजित अल-फेहा समान खेलमा १६ अंकका साथ १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *