बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । शुक्रवार राती भएको खेलमा बायर्नले एसभी वेर्डर ब्रेमेनलाई ३-० ले पराजित गरेको हो । ।
घरेलु मैदानमा बायर्नको जितमा ह्यारी केनले दुई तथा गोल लिरोय सानेले एक गोल गरे । बायर्नले तीनै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ५६औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८२औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई २–० ले अघि बढाए ।
इन्जुरी समयमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए ।
जितसँगै बायर्न २१ खेलबाट ५४ अंकसहित लिगको शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्नले ९ अंकको अग्रता बनाएको छ ।
पराजित ब्रेमेन २१ खेलबाट ३० अंकसहित तालिकाको आठौँ स्थानमा छ ।
