इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम-१६ मा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको पहिलो चरणको दोस्रो लेगमा स्पोर्टिङ केसीलाई ३-१ गोलले हराउँदै मियामी कपको अन्तिम-१६ मा प्रवेश गरेको ।
घरेलु मैदानमा भएको खेलमा मियामीका लागि कप्तान लियोनल मेस्सी, टाडियो एलेन्डे र लुइस स्वारेजले गोल गरे । कान्सासका लागि मेमो रोड्रिगेजले गोल फर्काए ।
खेलको १९औं मिनेटमा मेस्सी गोलमा मियामीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एलेन्डे र स्वारेजले गोल गर्दा मियामी ३-० ले अगाडि बढ्यो ।
६३औं मिनेटमा रोड्रिगेजले गोल फर्काए पनि स्पोर्टिङ केसीको हार टार्न सकेनन् ।
यसअघि पहिलो लेगमा मियामीले स्पोर्टिङ केसीविरुद्ध १-० को जित निकालेको थियो । अब क्वाटरफाइलन प्रवेशका लागि मियामीले क्याभेलियर एफसीको सामना गर्नेछ ।
