ह्यारी म्यागुएरले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेड एफएकपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राती भएको चौथौं चरणको खेलमा लेस्टर सिटीविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौ चरणमा पुगेको हो ।

घरेलु मैदानमा युनाइटेडको जितमा जोसुआ जर्क्जी र ह्‍यारी म्यागुएरले १-१ गोल गरे । त्यसअघि लेस्टरका बबी डे कोर्डोभाले गोल गरेका थिए ।

पहिलो हाफको ४२औं मिनेटमा कोर्डोभा रेडले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा अगाडि राखे । ६८औं मिनेटमा जर्क्जीले गोल गर्दै युनाइटेडका लागि बराबरी गरे ।

इन्जुरी समयमा म्यागुएरले हेडिङमार्फत गोल गर्दै युनाइटेडलाई जित दिलाए । हारसँगै लेस्टर सिटी भने चौथो चरणबाटै बाहिरिएको छ ।

युनाइटेडले एकै सिजनमा लेस्टरलाई तीन पटक घरेलु मैदानमा हराएको छ । यसअघि युनाइटेडले लेस्टरलाई लिग कपमा ५–२ र प्रिमियर लिगमा ३–० ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *