नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्स र मलेसियन क्लब एन. पेनाङ एफसी मलेसियाबीच सम्झौता भएको छ ।

सोमबार पोखराका अध्यक्ष जाम्लिङ घले र एन. पेनाङ एफसीका अध्यक्ष अंकित थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एन. पेनाङ एफसीले मलेसियामा नेपाली समूदायाहरुको लिग खेल्छ । त्यस्तै मलेसियमा हुने डोमेस्टिक खेल पनि खेल्ने गरेको छ । पेनाङले नेपाली खेलाडीहरुलाई मलेसियमा प्रशिक्षण पनि दिने गरेको छ ।

सम्झौता अनुसार पेनाङ एफसीले पोखरा थन्डर्सलाई खेलाडी उपलब्ध गराउने र खेलाडीहरुको व्यवस्थापनमा पनि केही सहयोग गर्ने भएको छ ।

आगामी दिनमा पोखराका खेलाडीहरुलाई पनि मलेसियामा हुने प्रतियोगितामा सहभागिता गराउने योजना भएको अध्यक्ष अंकित थापाले जानकारी दिए ।

पोखराका अध्यक्ष तथा प्रवन्धक घलेले मेलेसियमा ख्याति प्राप्त टोलीसँग जोडिन पाउँदा धेरै खुसि लागेको बताए । उनले यो क्लबसँग जोडिदा जोखरामा राम्रो विदेशी खेलाडी भित्रिने कुरामा आशावादी भएको बताए ।

यता पेनाङका अध्यक्ष थापाले एनएसएलको चर्चित टोलीसँग जोडिन पाउन आफूहरुको लागि गर्वको कुरा भएको बताए । पेनाङ एफसी मेलेसियामा सन् २०२३ मा स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *