काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ राम चन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिन पहिलो भएका छन्।
रानीकोटमा शुरु भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरुषमा राम चन्द्रले निर्धारीत दुरी चार घन्टा २४ मिनेट ५८ सकेन्डमा पूरा गरे ।
बिशाल गुरुङ चार घन्टा २९ मिनेट ४ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा चार घन्टा ३३ मिनेट ५४ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे । महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सकेन्डमा दौड पूरा गरिन् ।
यसैगरी उपविजेतामा चित्त बुझाएकी अस्ट्रेलियाकि सोन्या मार्टिनले पाच घन्टा १४ मिनेट र ८ सकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ५४ जना धाविकधाविकाको सहभागिता रहेको थियो। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे ।
