कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाद्वारा अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ ।

बुधवार भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ ।

श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा अल आउट भयो । अस्ट्रेलियाका लागि एलेक्स केरीले सर्वाधिक ४१ रन जोडे । नलले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । आरोन हार्डिले ३७ बलमा ३२ तथा सिन एबोट र एडम जाम्पा समान २० रनमा आट भए ।

श्रीलंकाका लागि महेश थिक्सेनाले ४, दुनिथ विलालागे र आसिथा फर्नान्डोले समान २ तथा कप्तान असंलगा र वानिन्दु हसरंगाले समान १ विकेट लिए ।

त्यसअघि आर प्रेमदासा क्रिकेट स्टेडियम कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलंका ४६ ओभरमा २ सय १४ रनमा समेटियो । श्रीलंकाका लागि कप्तान असंलकाले सर्वाधिक १ सय २७ रन जोडे । उनले १ सय २६ बलमा १४ चौका र ५ छक्का प्रहार गरे ।

दुनिथ विलालागे ३४ बलमा ३०, कुशल मेन्डिस १९ रनमा आटउ भए । अस्ट्रेलियाका लागि सिन एबटले ३, आरोन हार्डी, स्पेन्सर जोनसन र नाथन एलिसले समान २ तथा म्याथ्यु शर्टले १ विकेट लिए ।

दुई राष्ट्रबीचको दोस्रो आडिआई खेल शुक्रवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *