अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साता सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ का लागि टिकटिङ पार्टनरको रुपमा खल्तीलाई भित्र्याएको छ ।

मंगलबार एन्फा मुख्यालयमा एन्फाका महासचिव किरण राई र ब्राण्ड लोजिक डिजिटल प्रा.लि.का सीइओ रोशन निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै च्याम्पियनसिपको टिकट बिक्री खल्ती एपमार्फत् गरिनेछ । नेपाल, म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *