इटालियन सिरी ‘ए’ मा शुक्रवार युभेन्टसले कोमोमाथि २–१ को कठिन जित निकालेको छ ।

कोमोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन कोलो मुआनी दुबै गोल गरे । कोमोका लागि अस्साने दियाओले गोल गरे ।

खेलको ३४ औं मिनेटम मुआनीको गोलमार्फत युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा दियाओले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

खेलको ८९ औं मिनेटमा मुआनीले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्टस २४ खेलबाट ४३ अंक जोडेर अंक तालिकाको चौथौं स्थानमा उक्लिएको छ । समान खेल खेलेको कोमो भने २२ अंकसहित तालिकाको १५औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *