तेस्रो रााष्ट्रिय डोरीतान प्रातियागिता आगामाी फागुन १६ गतेदेखि हुने भएको छ ।

सोमबार ‘नेपाल टग अफ वार एसोसियन’ले पत्रकार सम्मेलन गरेर प्रतियोगिता फागुन १६ र १७ गते हुने जानकारी दिएको हो ।

प्रतियोगिता भक्तपुरको सानोठिमिर्मास्तिथ एस ओ एर हर्मन माइनर स्कूलको खेल मैदानमा आयनोजना हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १० टोलीको सहभागीता रहनेछ भने महिलातर्फ ८ टोलीले प्रतिस्पधौ गर्नछन् ।

कूल १८ टिमका १६२ खेलाडीले खेलमा सहभागीता जनाउने छन् । प्रतियोगिताको विजेता टिम पुरुषतर्फले १ लाख नगदसहित मेडल, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नछन् । त्यस्तै, महिला तर्फको विजेता टोलीले ६० हजार नगदसहित मेडल, शिल्ड र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, पुरुषतर्फ उपविजेता टोलीले ५० हजार रुपैया सहित मेडेल, शिल्ड र प्रमाणपत्र पाउने छन भने महिलातर्फको उपविजेता टोलीले ४० हजार नगदसहित मेडेल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नछन् । खेलमा पुरुषतर्फ ६४० केजी तौल समूह र महिलातर्फ ५८० केजी तौल समूहमा खेल खेलाईने छ ।

प्रतियोगिताको उद्दाघटन, नेपाल सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्न छन् । त्यस्तै, प्रतियोगिताको समापन राष्टिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाला घिसिङले गर्ने छन् ।

प्रतियोगिताको अनुमानित बजेट ३१ लाख रुपैया रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *