नेपाली फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को बेलायतमा वर्ल्ड प्रिमियर गरिएको छ । एल्डरसटस्थित अम्पायर हलमा फिल्म देखाइयो ।

प्रिमियर समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे मुख्य अतिथिको रुपमा थिए । बेलायतस्थित नेपाली फिल्म निर्माता, व्यवसायी र नेपाली समुदायको बाक्लो सहभागिता थियो ।

नेपालबाट चलचित्रका कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए ।

नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । प्रिमियरअगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । 

निर्माता श्रेष्ठले प्रिमियरबाट संकलित रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । उनले देशका लागि एञ्जिलाले अझै खेल्न सकून भनेर प्रेरणा दिनका लागि एञ्जिलाको घर बनाइदिन लागिएको जनाए ।

नेपालमा ‘अञ्जिला’ यही फागुन २९ गते रिलिज हुँदै छ । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छिन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतले अभिनय गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *