म्याच फिक्सिङ र सट्टेबाजीमा संलग्न भएको आरोपमा मेक्सिकन तेस्रो डिभिजन ( लिगा प्रिमियर ) क्लबका सात खेलाडीलाई ५७ वर्षको प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धमा पर्नेमा रियाल अपोडाकाका ६ तथा कोरेकामिनोस युएटीका एक खेलाडी छन् ।
मेक्सिकन फुटबल संघको अनुशासन आयोग र क्लबले प्रतिबन्धित खेलाडीको नाम तथा कुन-कुन खेलमा फिक्सिङ गरिएको थियो भन्नेबारे खुलाएका छैनन् ।
रियल अपोडाका र कोरेकामिनोसका समान एक खेलाडीलाई १६ वर्षको प्रतिबन्ध लगाइएको छ। तीनलाई सात वर्ष र अन्य दुईलाई दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।
रियाल अपोडाका क्लब सन् २०२३ मा स्थापना भएको थियो । क्लबले यस हप्ता नै आफ्नो ७ जना खेलाडीलाई निलम्बन गरिसकेको थियो । स्थानीय मिडियाका अनुसार रियल अपोडाकाका खेलाडीहरूले खेल जानीबुझी हारेका थिए वा कम्तीमा दुई गोल अन्तरले पराजित हुने प्रयास गरेका थिए।
