सेन्ट्रल ब्याक छिरिङ लामाले झापा एफसीबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
झापाले तेस्रो संस्करणका लागि युवा सेन्ट्रल ब्याकलाई ए क्याटोगोरीबाट रिटेन गरेको हो । झापाले यसअघि ‘बी’ क्याटोगोरीबाट मिडफिल्डर प्रशान्त लक्षमलाई रिटेन गरिसकेको छ ।
पहिलो संस्करणमै झापाले पाँचौं स्थानमा रहेर लिग सक्काएको थियो । नौ टोली सहभागी लिगमा झापाले आठ खेलमा दुई जित, चार बराबरी र दुई हार बेहोरेको थियो ।
यसपल्ट झापाले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिसकेको छ । तेस्रो संस्करणको अक्सन यही १० गते शनिबार हुँदैछ ।
