काठमाडौँ । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता केबी साम नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगितामा ६ टिमले सहभागिता जनाउँदै छन् ।

यस्तै शुक्रबार हुने पहिलो तथा उद्घाटन खेलमा साँझ ६:३० बजे काठमाडौं म्याभरिक्सले पोखरा लेकर्सको सामना गर्दैछ ।

पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स टिम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *