इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले लिसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लिसको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन डेभिड फ्राटेसी, लौटारो मार्टिनेज, डेन्जल डमफ्रिज र मेहदी तारेमीले गोल गरे ।

खेलको छैटौं मिनेटमै फ्राटेसीले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ३९औं मिनेटमा मार्टिनेजले टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ५७औं मिनेटमा डमफ्रिजले गोल गर्दै इन्टरलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ६१औं मिनेटमा तारेमीले पेनाल्टीमार्फत गोल गर्दा इन्टर ४–० ले विजयी भयो ।

जितसँगै दोस्रो स्थानको इन्टरले शीर्षस्थानको नापोलीसँग अंक दूरी घटाएर ३ मा पुर्याएको छ । इन्टरको २१ खेलबाट ५० अंक रहँदा नापोलीले २२ खेलमा ५३ अंक जोडेको छ । यता पराजित लिस २२ खेलबाट २० अंकका साथ १७औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *