एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत आज दोस्रो क्वालिफायरमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे हुनेछ । आजको खेलमा विजयी हुने टोलीले बुधवार हुने फाइनलमा एपिएफको सामना गर्नेछ ।
यसअघि आर्मी र पुलिसबीच तीन पटक भेट भइसकेको छ, जहाँ दुई खेल बराबरीमा रोकिएको थियो भने एक खेलमा आर्मीले पुलिसलाई हराएको थियो ।
एपीएफसँग पराजित भएपछि आर्मीले दोस्रो क्वालिफायर खेल्न लागेको हो । पुलिस भने बागमतीलाई हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो ।
यसअघि विभागीय टोली एपीएफ क्लबले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
