वल्भ्समाथि नटिङघमको सहज जित

२०८१, २३ पुष मंगलवार १०:०२

इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि नटिङघम फरेस्टले सहज जित हासिल गरेको छ ।

नटिङघमले सोमवार वल्भ्सलाई ३-० ले हरायो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा नटिङघमको जितमा मोर्गन ह्वाइट, क्रिस वुड र ताइवो अवोनियीले गोल गरे ।

खेलको सातौं मिनेटमा गोल गर्दै मोर्गनले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । नटिङघमका लागि वुडले ४४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाए । इन्ज्युरी समयमा अवोनियीले गोल गरे ।

नटिङघम २० खेलमा ४० अंकका साथ तेस्रो स्थानमा छ । समान अंक भए पनि गोल अन्तरका आधारमा आर्सनल दोस्रो स्थानमा छ ।

लिभरपुल १९ खेलमा ४६ अंकका साथ शीर्ष स्थानमा छ । वल्भ्स २० खेलमा १६ अंकका साथ १७औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *