रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोमबार राती कार्टागोनोभा रंगशालामा भएको खेलमा रियल मड्रिडले डिपोर्टिभा मिनेरालाई ५-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

रियललाई जित दिलाउन आर्दा गुलेरले दुई तथा फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान एक-एक गोल गरे ।

रियल मड्रिडले खेलको पाँचौं मिनेटमै भाल्भेर्डेको सुन्दर भली मार्फत अग्रता लिएको थियो । रियलका लागि दोस्रो गोल १०औं मिनेटमा कामाभिंगाले गरे । खेलको २८औं मिनेटमा गुलेर गोल गर्दा रियल ३-० ले अघि बढ्यो ।

खेलको ५५औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई ४-० को अग्रता दिलाए । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा गुलेरले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई ५-० को सानदार जित दिलाए ।

यो खेलमा रियल मड्रिडका युवा खेलाडीहरू लोरेन्जो, डिएगो अगुआदो र चेमाले डेब्यु गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *