इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको नापोलीले सहज जित निकालेको छ । शनिबार राती भएको खेलमा नापोलीले फियोरेन्टिनालाई ३-० गोलले हरायो ।

फियोरेन्टिनाको घरेलु मैदानमा भएको खेलमा नापोलीलाई जिताउन डेभिड नेरेस, रोमेलु लुकाकु र स्कट म्याकटोमनीले समान एक गोल गरे ।

पहिलो हाफको २९औं मिनेटमा लुकाकुको पासमा नेरेसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५४औं मिनेटमा लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारे । म्याकटोमनीले ६८औं मिनेटमा नापोलीका लागि तेस्रो गोल गरे ।

जितसँगै नापोलीको शीर्ष स्थानमा १९ खेलबाट ४४ अंक भएको छ । दोस्रो स्थानमा रहेको एटलान्टाको ४१ अंक छ भने तेस्रो स्थानमा रहेको इन्टर मिलानको ४० अंक छ । पराजित फियोरेन्टिनाको भने १८ खेलबाट ३२ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *