बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलानोले घरेलु टोली बार्बास्ट्रोलाई ४-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । बार्बास्ट्रो स्पेनको चौथो श्रेणीको क्लब हो ।

बार्सिलोनालाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई तथा एरिक गार्सिया र पाब्लो टोरेले समान एक गोल गरेका थिए । कमजोर टोलीविरुद्ध बार्सिलोनाले दुबै हाफमा समान दुई गोल गरेको हो ।

खेलको २१औं मिनेटमा गार्सियले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाका लागि दोस्रो गोल ३१औं मिनेटमा लेवानडोस्कीले गरे ।

दोस्रो हाफ सुरु भएको २ मिनेटमै लेवानडोस्कीले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो गोल गरे भने टोरेले खेलको ५६औं मिनेटमा गरेको गोल अन्तिम गोल बन्यो । यस खेलमा २१ वर्षीय टोरेले २ असिस्ट पनि उपलब्ध गराएका थिए ।

कोपा डेल रे अन्तर्गत शनिवार राति नै भएको अन्य खेलहरूमा रियल बेटिस, ओसियना, अल्मेरिया, एथलेटिको मेड्रिड र एथलेटिक क्लब आआफ्नो खेलमा विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *