नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर कुशल मल्लले आइसीसी टि- २० अलराउण्डरतर्फको वरियतामा सुधार गरेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको पछिल्लो वरियतामा रोहित पौडेलले एक स्थान सुधार गरेका हुन् । यसअघि ५७औं स्थानमा रहेका रोहित एक स्थान माथि उक्लदै ५६औं स्थानमा आईपुगेका छन् ।

कुशल मल्ले पनि एक स्थान सुधार गर्दै ४७औं स्थानमा आईपुगेका छन् । टि-२० अलराउण्डरतर्फ करण केसीको भने वरियता खस्किएको छ ।

यसअघि ७५औं स्थानमा रहेका केसी नयाँ वरियतामा ७६औं स्थानमा छन् । कुशल भुर्तेलको भने वरियता यथावत रहेका छन् । उनी ५४औं स्थानमा रहेका छन् ।

शिर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या तथा दोस्रो स्थानमा नेपालका दिपेन्द्र सिंह ऐरीको पनि वरियतामा परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *