पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका ६ खेलाडी समावेश भएका छन् ।
पाकिस्तान सुपर लिगले बुधबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सिल्भर क्याटेगोरीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी समावेश भएका छन् ।
जसमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।
आगामी सिजनको पीएसएलको लागि ड्राप्ट आउने सोमबार जनवरी १३ मा हुँदैछ । पीएसएल २०२५ अप्रिल ८ देखि मे १९ सम्म हुनेछ ।
पीएसएलको गोल्ड र प्लाटिनम क्याटेगोरीको खेलाडी सूची भने सार्वजनिक भएको छैन । यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए ।
अघिल्लो संस्करणबाट नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए ।
