विराटनगर फुटसल लिगको पाँचौं चरणमा पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । यस चरणका खेलहरूले लिगको प्रतिस्पर्धात्मक स्वरूपलाई अझै तीव्र बनाएको छ ।
पाँचौ चरणको नतिजाहरू:
१. एबी ५ एफसीले अपटाउन एफसीलाई २-१ ले पराजित गर्दै प्रतियोगितामा शत प्रतिशत जित निकाल्न सफल भएको छ । खेलको म्यान अफ द म्याच कैलाश बस्नेत घोषित भएका छन् ।
२. विराटनगर स्पोर्ट्स एकेडेमीले क्लासिको एफसीलाई ४-२ ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । खेलको म्यान अफ द म्याच निराजन मराण्डी चुनिए ।
३. स्टार बोइज एफसीले रियुनाइटेड एफसीलाई ३-१ ले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सन्तोष शर्मा घोषित भएका छन् ।

पाँचौं चरणको समाप्ति पछिको अंक तालिका:
एबी ५ एफसी: १५ अंक (शीर्ष स्थान)
स्टार बोइज एफसी: १२ अंक (दोस्रो स्थान)
अपटाउन एफसी: ७ अंक (तेस्रो स्थान)
रियुनाइटेड एफसी: ५ अंक (चौथो स्थान)
विराटनगर स्पोर्ट्स एकेडेमी: ३ अंक (पाँचौं स्थान)
क्लासिको एफसी: १ अंक (छैठौं स्थान)
लिगको बाँकी ६ चरणका खेलहरू निकै महत्वपूर्ण हुने आयोजक विराटनगर सिटी फुटबल क्लबले जनाएको छ । स्थानीय फुटबलको विकासलाई गति दिन विराटनगर फुटसल लिगको आयोजना गरिएको क्लबका कार्यकारी निर्देशक शुभाशीष कोइरालाले बताएका छन् । उक्त प्रतियोगिता विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा भइरहेको छ ।
आयोजकका अनुसार बिजेता टिमले ४० हजार र उपबिजेता २० हजारले पाउने छन् ।

