विराटनगर | विराटनगर फुटसल लिगको छैटौं चरणका खेलहरू सम्पन्न भएका छन् । यो चरणमा विभिन्न टिमहरूले आआफ्नो उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा स्थान सुरक्षित गर्न संघर्ष गरेका छन् ।
- एबी फाइबले रियुनाइटेड एफसीलाई ५-१ ले पराजित गर्दै आफ्नो उत्कृष्ट लय कायम राख्न सफल भयो ।
- स्टार बोइज एफसीले विराटनगर स्पोर्ट्स एकेडेमी लाई ४-३ ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंंक बटुल्यो ।
- अपटाउन एफसीले क्लासिको एफसी लाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो ।
अंक तालिका :
१. एबी फाइब एफसी – १८ अंक (शीर्ष स्थान)
२. स्टार बोइज एफसी – १५ अंक
३. अपटाउन एफसी – १० अंक
४. रियुनाइटेड एफसी – ५ अंक
५. विराटनगर स्पोर्ट्स एकेडेमी – ३ अंक
६. क्लासिको एफसी – १ अंक
छैटौं चरणपछि एबी फाइब एफसी शीर्ष स्थानमा बलियो अग्रता बनाउँदै लिगको दावेदार बनेको छ । स्टार बोइज एफसी दोस्रो स्थानमा रहँदै उत्कृष्ट लयमा देखिएको छ । बाँकी चरणका खेलहरू अझै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
बाँकी ५ चरणका खेलहरू लिगको अन्तिम नतिजा निर्धारण गर्न अत्यन्त महत्वपूर्ण हुनेछन् । विराटनगर फुटसल लिगले स्थानीय फुटबलको विकासमा ठूलो योगदान पुऱ्याएको छ । यस लिग मार्फत युवा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन् । यसले खेलाडीहरूको उत्साह अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा फुटबलको लोकप्रियता बढाउन मद्दत पुर्याएको छ ।
जारी फुटसल प्रतियोगिता विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा भइरहेको छ । आयोजकका अनुसार बिजेता टिमले ४० हजार र उपबिजेता २० हजारले पाउने छन् ।
तस्वीर :








