विराटनगरमा जारी विराटनगर फुटसल लिगमा एबी ५ एफसीले आफ्नो दबदबा कायमै राखेको छ ।

आइतबार चौथो चरणको खेलमा एबी ५ एफसीले स्टार बोइज एफसीलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्दै अंंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

यसैगरी क्लासिको एफसी र रियुनाइटेड एफसीले गोलरहित बराबरी खेले भने अपटाउन एफसीले विराटनगर स्पोर्ट्स एकेडेमीलाई ३-१ ले हराउँदै महत्त्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।

चौथो चरणपछिको खेलपछि अंक तालिकामा केही फेरबदल भएको छ ।
१. एबी ५ एफसी – १२ अंक (शीर्ष स्थान)
२. स्टार बोइज एफसी – ९ अंक
३. अपटाउन एफसी – ७ अंक
४. रियुनाइटेड एफसी – ५ अंक
५. क्लासिको एफसी – १ अंक
६. विराटनगर स्पोर्ट्स एकेडेमी – अंकविहीन

अब लिगका बाँकी ६ चरणका खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । विराटनगरमा फुटबलको व्यवसायिक खेल सुरु होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अयोजक विराटनगर सिटी फुटबल क्लब कार्यकारी निर्देशक शुभाशीष कोइरालाले बताएका छन् । उक्त प्रतियोगिता विराटनगर मधुमारा भीआईपी रोडमा रहेको जेएनएल फुटसलमा भइरहेको छ ।

प्रतियोगिताको बिजेता टिमले ४० हजार र उपविजेता २० हजारले प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *