युईएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले भिक्टोरिया प्ल्जेनलाई २-१ गोलले पराजित गरेको हो ।
डोसान एरिनामा भएको खेलमा युनाइटेडलाई जित दिलाउन रास्मुस होज्लुन्डले दुई गोल गरे । प्ल्जेनको लागि माटेज भ्ड्राले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा भ्ड्राले गोल गर्दै प्ल्जेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६२ औं मिनेटमा होज्लुन्डले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै ८८ औं मिनेटमा होज्लुन्डले गोल गर्दै युनाइटेडलाई २-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै युनाइटेड ६ खेलबाट १२ अंक जोड्दै लिगको सातौं स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको प्ल्जेन १७ औं स्थानमा रहेको छ ।
