उच्च लयमा रहेको एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनामाथि उसकै मैदानमा पूनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको स्थिति उल्ट्याएर एट्लेटिकोले बार्सिलोनामाथि २-१ को पूनरागमन जित दर्ता गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो। एट्लेटिकोको जितमा रोड्रिगो डि पउल र एलेक्सन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका पेड्रीको गोल सान्त्वना बन्यो ।

बार्सिलोनाको मैदानमा शनिबार राति भएको खेलको ३०औं मिनेटमा पेड्रीको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १-० को अग्रता लिन सफल भयो । एट्लेटिकोको कमजोर डिफेन्सको फाइदा उठाउँदै आँफैबाट आएको बललाई गाभीले ब्याकहिलमार्फत मिलाइदिएपछिछ पेड्रीले सहजै फिनिस गरे ।

तर, त्यो अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन । ५९औं मिनेटमा बार्सिलोना अग्रता दोब्बर पार्नबाटट चुक्यो । राफिन्हाको चिप प्रहार क्रसबारमा लाग्द फर्कदा रोबर्ट लेवान्डोस्कीको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो ।

त्यसको एक मिनेटपछि एट्लेटिको खेलमा फर्कियो । ६०औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । क्रसबाट आएको बललाई कसाडोको कमजोर ब्याकहिलमार्फत क्लियरेन्सलाई पउलले दोस्रो बार च्याप्दै सहजै फिनिस गरे ।

बराबरीपछि बल पोसेसन राख्दै खेलमा पकड बनाएपनि बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुग्यो । बार्सिलोनाको लगातारको आक्रमणलाई गोलरक्षक जान ओब्लाकले विफल पारिरहँदा अर्कोतर्फ एट्लेटिकोले गोल गर्दै महत्वपुर्ण ३ अंक बटुल्न सफल भयो ।

७६औं मिनेटमा राफिन्हाको क्रसलाई रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले भेट्न सकेन । ८६औं मिनेटमा राफिन्हाकै प्रहारलाई ओब्लाकले विफल पारे। इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा परिवर्तित खेलाडी सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई पुनरागमन जित दिलाए ।

७३औं मिनेटमा मार्कस लोरेन्टेको स्थानमा मैदान छिरेका सोर्लोथले नाहुल मोलिनाको पासमा कुनै गल्ती गरेनन् । राफिन्हाको पासलाई रोड्रिगोले डि पउलले भेटेपछि काउन्टर अट्याकमा उनले मोलिनालाई पास दिए । त्यही पासलाई सोर्लोथले १२ यार्डबाटट भलीमार्फत फिनिस गरे ।

एट्लेटिकोले सन् २०२१ पछि बार्सिलोनालाई पराजित गरेको हो । त्यसपछि यि दुई टोलीबीचको पाँच भेटमा सबैमा बार्सिलोना विजयी भएको थियो ।

यस जितसँगै एट्लेटिको ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोको १८ खेलबाट ४१ अंक पुगेको छ । एक खेल बढी खेलेको पराजित बार्सिलोना अब शीर्षस्थानको एट्लेटिकोसँग ३ अंकले पछि परिसकेको छ ।

बार्सिलोना ३८ अंकसहित दोस्रो स्थानम छ । ला लिगामा सानदार सुरुवात गरेको बार्सिलोनाले पछिल्ला सात खेलमा केवल ५ अंक मात्रै बटुलेको छ ।

११ नोभेम्वरमा रियल सोसिडाडसँग पराजित भएयता बार्सिलोनाले सेल्टा र रियल बेटिससँग २-२ गोलको बराबरी खेल्दा लास पाल्माससँग २-१ र लेगानेससँग १-० ले पराजित भएको थियो । मलोर्कालाई भने ५-१ ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *