लन्डन क्लब आर्सनलले शनिबार इंग्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ ।

आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५-१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ ।

आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले समान एक गोल गरे । क्रिस्टटल प्यालेसका स्माइल सारले एक गोल फर्काए ।

सेलह्रस्ट पार्क लन्डनमा भएको खेलको छैटौं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । उनले गाब्रियलको पासमा गोल गर्न सफल भए । गत महिनादेखि नै चोटटमुक्त भएर खेल्न थालेका जेससले यसपटक पहिलो रोजाईमा खेल्दै आँफु तयार रहेको संकेत दिएका छन् ।

तर, आर्सनलको त्यो अग्रता पाँच मिनेट पनि टिकेन । ११औं मिनेटमा सारले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसलगत्तै १४औं मिनेटमा जेससले थोमस पार्टको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनललाई २-१ ले अघि बढाए ।

त्यसपछि आर्सनलले थप तीन गोल गर्दै जित सुनिश्चित गर्यो । ३८औं मिनेटमा काईले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३-१ को अग्रता कायम गर्यो। ६०औं मिनेटमा डिक्लनको पासमा मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ४-१ ले अघि बढ्यो। त्यसपछि ८४औं मिनेटमा डिक्लनले गोल गर्दै आर्सनललाई ५-१ को सानदार जित दिलाए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको आर्सनलले शीर्षस्थानमा रहेको लिभरपुल र चेल्सीसँगको अंक दुरी छोट्याएको छ । आर्सनलको १७ खेलबाट ३३ अंक पुगेको छ । दुई खेल कम खेलको लिभरपुलको ३६ तथा एक खेल कम खेलेको चेल्सीको ३४ अंक छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा एलेक्सान्डर इसाकको ह्याट्रिक सहयोगमा न्यु क्यासल युनाइटेडले इस्पिचमाथि ४-० को सहज जित हात पारेको छ । एक गोल ज्याकोव मर्फीको नाममा रह्यो । यस जितले न्यु क्यासल २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । इस्पिच १२ अंक जोडेर १८औं स्थानमा छ ।

शनिबार राती भएको अन्य खेलमा नटिङहम फरेस्टले ब्रेन्टफर्डलाई २-० ले पराजित गर्दा वेस्ट ह्याम र ब्राइटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *