रामधुनी | एपिएफ क्लब पकलीले सुनसरी रामधुनीमा सम्पन्न तेस्रो रामधुनी मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा न्यू स्टार क्लब भरौललाई १-० गोल अन्तरले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।एपीएफको जितमा दिसन राईले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे ।
उपाधिका साथ एपीएफले १ लाख १ सय रुपैयाँ प्राप्त गर्यो भने न्यु स्टारले ५० हजार १ सय रुपैयाँमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ द म्याच एपीएका दिसन राई चुनिए । उनले २५०० सय रुपैयाँ प्राप्त गरे । अनुशासित टोली चुनिएको आयोजक उदियमान युबा नेपालले ३ हजार ट्रफि रुपैयाँ पायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू स्टारका संजय श्रेष्ठ घोषित भए । उनले ४ हजार १ सय रुपैयाँ प्राप्त गरे । यस्तै, प्रतियोगितामा सार्वधिक गोल गरेका न्यु स्टारका सचिन राईले ३५ सय रुपैयाँ पाए ।
त्यसैगरि, उत्कृष्ट डिफेन्डर एपिएफका नबिन चौधरी हुँदा एपिएफकै सुजन बिक उत्कृष्ट गोलकिपर चुनिए । उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले समान ३ हजार रुपैयाँ पाएका थिए ।
उदियमान युबा नेपालको आयोजनामा सञ्चालित प्रतियोगितामा मोरङ र सुनसरीका गरि ८ वटा टोलीको सहभागिता रहेको थियो । कार्यक्रममा रामधुनी नगरपालिका, सुनसरीका उपमेयर तारा थापा प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रतियोगिता गत मंसिर २९ गतेबाट सुरु भएको थियो ।
