विराटनगर । मोरङको पथरीस्थित रेडस्टार स्कुलले मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार भएको फाइनलमा विराटनगरको मोर्डन एरालाई २-० गोल अन्तरले पराजित गर्दौ रेडस्टारले उपाधि चुमेको हो ।

रेडस्टारको जितमा सोनाम गुरुङ र सौगात राईले समान १-१ गोल गरे ।

जितसँगै रेडस्टारले उपाधि सहित ५१ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता बनेको मोर्डन एराले ३१ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा रेडस्टारका बिषय गुरुङ उत्कृष्ट गोलकिपर, रेडस्टारकै भिषण राई उत्कृष्ट डिफन्डर भए भने मोर्डन ऐराका प्रवेश तामाङ उत्कृष्ट मिट फिल्डर घाषित भए ।

यस्तै रेडस्टारका सौगात राई उत्कृष्ट फरर्वाड, सार्वधिक गोलकर्ता रेडस्टारका सोनम गुरुङ, उत्कृष्ट कोच रेडस्टारका युकेश तामाङ र सर्वोत्कृष्ट खेलाडी जोसन कार्की घोषित भए ।

बिजयीहरुलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेल, फार्क क्लबका अध्यक्ष धनकुमार लामा खेलका संयोजक श्याम लामाले पुरस्कार बितरण गरेका थिए ।

पुस १ गतेदेखि शुरु भएको प्रतियोगितामा मोरङका निजि र सामुदायिकगरि १२ वटा विद्यालयको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *