नापोली इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा नापोलीले जेनोआलाई २-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो ।

जेनोआको घरेलु मैदानमा भएको खेलमा नापोलीलाई विजय गराउन आन्ड्रे फ्रांक जम्बो अन्गुइस्सा र अमिर रहमानीले समान एक-एक गोल गरे । जेनोआका लागि एन्ड्रेया पिनामोन्टीले एक गोल फर्काए ।

खेल सुरु भएको १५ औं मिनेटमा डेभिड नेरेसको पासमा आन्ड्रेले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै, २३ औं मिनेटमा स्टानिस्लाभ लोबोट्काको पासमा रहमानीले गोल गर्दा नापोली २-० ले अघि बढ्यो ।

खेलको ५१ औं मिनेटमा भिटिन्हाको पासमा पिनामोन्टीले गोल फर्काउँदा खेल २-१ को स्थितिमा आयो । त्यसपछि खेलमा थप गोल नभएछि खेल नापोलीले आफ्नो पक्षमा पार्यो ।

जितसँगै नापोलीले १७ खेलबाट ३८ अंक जोडेको छ । जेनोआको १६ अंक जोडेर १३ औं स्थानमा छ । दोस्रो स्थानको एट्ल्यान्टा १६ खेलबाट ३७ अंक र तेस्रो स्थानको इन्टर मिलानको १५ खेलबाट ३४ अंक छ ।

शनिबार राती भएको लिगका अन्य खेलमा बोलोग्नाले टोरिनोलाई २-० गोल र लाजियोले लेकिलाई २-१ गोलले पराजित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *