प्याट्रिक सेकले एक्लैले चार गोल गरेपछि बायर लेभरकुसेनले बुडेसलिगामा फराकिलो जित निकालेको छ ।

शनिबार राती घरेलु मैदानमा बायर लेभरकुसेनले एससी फेइबर्गमाथि ५-१ को फराकिलो जित निकालेको हो ।

लेभरकुसेनकालागि सेकले खेलको ४५औं, ६७औं र ७४औं र ७७औं मिनेटमा गोल गर्दै ४ गोल पूरा गरे । यस्तै विर्ट्जले ५१ औं मिनेटमा एक गोल गरे ।

पराजित फेइबर्गका लागि भिनसेन्जो ग्रिफोले ५५ औं मिनेटमा सान्तोना गोल फर्काए ।

जितपछि लेभरकुसेन १५ खेलबाट ३२ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । फेइबर्ग १५ खेलबाट २४ अंकसहित आठौं स्थानमा झरेको छ ।

त्यस्तै, शनिबार राति नै भएका अन्य खेलमा सेन्ट पाउलीले भिएफबी स्टटगार्टलाई १-०, मेन्जले आइन्ट्राच्ट फ्रान्कफर्टलाई ३-१, होल्स्टेन किलले अग्सबर्गलाई ५-१, वर्डर ब्रिमेनले युनियन बर्लिनलाई ४-१ र मोन्चेन्ग्लाडबाखले होफेनहेमलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *