नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको प्रतियोगिताको मुख्य स्पर्धाको फाइनलमा सन्देशले नेपालकै सरोज श्रेष्ठलाई पराजित गरे । पुरुष ५५ केजीमुनि नेपालका प्रवीण माझीले भारतका सुजय गोरेनलाई हराउदै पहिलो भए ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६२ केजीमुनि नेपालका सुजित गुरुङले नेपालका मनीष कार्की, ६९ केजीमुनि नेपालका सनी सिंहले नेपालका आकाश श्रेष्ठ, ७६ केजीमुनि नेपालका विकास गुरुङले नेपालका शिव भुजेल, ८३ केजीमुनि नेपालका महेन्द्र विकले नेपालका रविन्द्र लुहार र ९० केजीमुनि नेपालका अनुजकुमार सिंहले नेपालका विशाल सुनारलाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थानमा रहे ।

महिला ४६ केजीमुनि नेपालकी अस्मिता तामाङले नेपालकी रश्मी श्रेष्ठ, ५१ केजीमुनि नेपालकी सपना आलेले नेपालकी सुहानी महर्जन, ५६ केजीमुनि नेपालकी शान्ति थापा मगरले नेपालकी बविता कार्की, ६१ केजीमुनि नेपालकी अप्सरा कुमालले भारतकी सोनाम ल्हामो दर्जी र ७१ केजीमुनि नेपालकी सपना ऐडीले नेपालकी सिमा घिसिङलाई पन्छ्याउदै स्वर्ण जिते ।

विजेतालाई पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै स्पर्धाका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । दुईदिने प्रतियोगितामा नेपालका ३६ र भारतका ५ गरी ४१ खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *