सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि बिराटनगर सिटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिरगंंज युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।
यस अघि बिराटनगरले बागमती युवा क्लबलाई ३-० ले हराउँदै फाइनलमा पुगेको थियो ।
झापाको जितमा दुबै गोल समिराज थोकरले गरेका थिए । पराजित बिरगंंजका लागि युवराज खड्काले एक गोल फर्काए ।
खेलमा दुई गोल गरेका झापाका समिराज थोकर म्यान अफ दि म्याच समेत घोषित भए । उनले नगद २१०० रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
फाइनल खेल बिहिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद २,५१,५५५ रुपैयाँ र उपविजेताले १,५१,५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
