नेपाल टेनिस संंघले बिली जिन किङ कपमा सहभागी हुने नेपाली महिला टोलीलाई बिहिबार बिदाई गरेको छ ।

नोभेम्बर २५ देखि ३० तारिखसम्म बहराइनको मानामामा हुने प्रतियोगितामा सहभागी हुन ५ महिला खेलाडीसहित ७ सदस्यीय टोली शुक्रबार प्रस्थान गर्नेछ ।

प्रतियोगितामा अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्जा मानन्धरले नेपालको चुनौती पेश गर्नेछन् । प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन् ।

टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले बिहीबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *